कञ्चनपुरमा निषेधाज्ञा जारी, अझ आन्दोलनमा चर्कियो

कञ्चनपुर । कञ्चनपुर जिल्लामा सार्वजनिक शान्ति र अमन चयन कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले आजदेखि निषेधाज्ञा जारी गरेको छ।

हालै महेन्द्रनगर बजार क्षेत्र तथा विभिन्न पालिका केन्द्रमा प्रदर्शनकारीहरूले गरेका आगजनी, ढुङ्गामुढा र तोडफोडका घटनाले अवस्था तनावग्रस्त बनेपछि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (१) र ६ (३) बमोजिम निषेधाज्ञा जारी गरिएको हो।

निषेधाज्ञा आज भदौ २४ गते बिहान ११ बजेदेखि अर्को आदेश नहुँदासम्म लागू हुने भएको छ। यस अवधिमा तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाइने छैन।

नियम उल्लंघन गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानून बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।
निषेधाज्ञा लागू हुने क्षेत्र : सदरमुकाम महेन्द्रनगर बजार तथा बजार क्षेत्रको ३ किलोमिटर परिधिभित्र ।
पूर्व–पश्चिम राजमार्गको दायाँ–बायाँ ३ किलोमिटर क्षेत्र
बेलौरी, पुनर्वास, बेलडाँडी र लालझाडी गाउँपालिकाका पालिका केन्द्रभित्रका बजार क्षेत्र ।

प्रशासनले सर्वसाधारणलाई सहिष्णुता र सद्भाव कायम राखी शान्ति सुरक्षामा सहयोग गर्न अपिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित