कञ्चनपुर,
आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन मिति आउन दुई साता मात्र बाँकी रहँदा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा चुनावि सरगर्मि तातेको छ । यसैबिच बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य साझ उमेदवार तथा पुर्व खानेपानी मन्त्री विना मगरले निर्विकल्प गठबन्धन को नेतृत्व बाहेक कसैले पनि संविधान र लोकतन्त्रको रक्षा मुलुकमा समृद्धि स्थापित हुन असम्भव रहेको कुरा बताईन ।
पुनर्वास नगरपालिका वडा नम्बर ११ मा
संयुक्त बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम का अवसरमा पुर्व मन्त्री मगरले सो कुरा बताएकि हुन ।
सोमबार एक कार्यक्रमका विच संघ कि उमेदवार तथा पुर्व खानेपानी मन्त्री विना मगरले बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय पुनर्वास मा उद्घाटन गरेकि छिन ।
साविक बाईसिबिचवा गाबिस पुनर्वास नगरपालिका ११ मा बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय स्थापना गरिएको हो ।
सम्पर्क कार्यालय उद्घाटन गर्दै पुर्व मन्त्री समेत रहेकि विना मगरले संविधानको रक्षा, राजनीतिक स्थायित्व, दिगो विकास र सम्बृद्धिका लागि बाम लोकतान्त्रिक गठबन्धन अपरिहार्य भएको बताएकि छिन ।
पुर्व मन्त्री मगरले चुनावी नारा सहित प्रतिबद्धता व्यक्त गर्दै जनताले जिताएर पठाए पछि जनताकै चाहना अनुसार आफुर आफ्नो टिमले काम गर्ने प्रतिबद्धता व्यक्त गरिन , प्रचारप्रसार गर्न सकेनौं त्यो बेग्लै बिषय हो तर हामीले विकासका पुर्वाधार हरू धेरै भित्र्याउन सफल भएका छौ । त्रिभुवनबस्ति स्वास्थ्य चौकिलाई सुविधा सम्पन्न अस्पताल बनाउन १५ सैयाको हस्पिटल निर्माणका क्रममा छ त्यसतै पुनर्वास का मुख्य बजारलाई केन्द्रीकृत गरि ढलको योजना द्रुत गतिमा छ लगायत थुप्रै ठुला योजना हरू भित्र्याउन सफल भएका छौयद्यपि हामीले गरेका विकासका कार्यक्रम लाई पनि विपक्षी ले आफुले गरेको गलत प्रचाबाजी गर्दै आएको पुर्व मन्त्री मगरले आफ्ना भनाईहरू व्यक्त गरिन ।
ठुलो त्याग र बलिदान ले ल्याएको संविधान को रक्षा , अग्रगमनको रक्षा का निम्ति निर्विकल्प बाम लोकतान्त्रिक गठबन्धन लाई बिजयी गराउनुपर्ने आवश्यक रहेको उनले भनिन । वाम लोकतान्त्रिक गठबन्धनको विजयी हुन सकेन भने मुलुकमा फेरि प्रतिगमनकारी शक्ति ले शिर उठाउने मौका पाउने र लोकतन्त्र , ठुलो बलिदानीले स्थापित गरेको संविधान खतरामा पर्ने भएकोले हामी कुन कित्तामा उभिने निर्णय गर्ने बेला आएको पुर्व मन्त्री मगरले आफ्नो भनाइ व्यक्त गरिन ।
सोही अनुरुप क्षेत्रमा समेत उम्मेदवार चुनावी मैदानमा आएको बताउदै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको जिताउन गाँउ, बस्ती घर घरमा खटिन आब्हान गर्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र का तर्फबाट समानुपातिक उमेदवार रामबहादुर देउकर ले प्रतिगामि पक्षलाई परास्त गर्दै लोकतन्त्र को रक्षा का निम्ति गठबन्धनको आवस्यकता भएको कुरा बताए ।
सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ क का प्रदेशसभा उमेदवार बन्धु राना ले जनता द्वारा विजयी भए पश्च्यात जनतासंग प्रत्येक्ष सम्पर्कमा रहि जनताकै चाहना अनुसार गठबन्धन विजयी उमेदवार स०ग समन्वय गरि विकासका कार्यक्रम हरू ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
बाम लोकतान्त्रिक गठबन्धनका पुनर्वास ११ का अध्यक्ष प्रेमराज भट्टराई को सभापतित्वमा भएको कार्यक्रम को सञ्चालन रामचन्द्र भट्टराईले गरेका थिए ।
Discussion about this post