बेलडाँडीसहित देशभर सेना परिचालन : अराजकता रोक्न संयमता अपनाउन अपिल

बेलडाँडी । जेनजी आन्दोलनको नाममा भइरहेको सार्वजनिक सम्पत्ति तोडफोड, लुटपाट र हिंसात्मक गतिविधि नियन्त्रण गर्न नेपाली सेना बेलडाँडीसहित देशभर परिचालित भइसकेको छ । हिजो रातिदेखि सेनाले सडकमा मुभमेन्ट बढाएर सुरक्षा नियन्त्रणलाई कडा पारेको छ ।

नेपाली सेनाले राष्ट्रिय सम्पत्ति जोगाउन र अराजकता रोक्न निरन्तर अपिल गरिरहेको छ । बेलडाँडी गाउँपालिका क्षेत्रमा सेनाले सर्वसाधारणलाई ठूलो भिडभाड नगर्न र अति आवश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ ।

जेनजी आन्दोलनले एक चरणमा सफलता हासिल गरिसकेको भन्दै त्यसलाई जनतामाझ सुम्पिन सबैले संयमता र जिम्मेवारीपूर्ण आचरण अपनाउनुपर्नेमा सेनाले जोड दिएको छ।

नेपाली सेना बेलडाँडी पोस्टले जनाएको छ कि अराजक गतिविधि रोक्न मुभमेन्ट थपिएको छ । सेना, प्रहरी र जनताबीचको आपसी सहकार्यले मात्र सार्वजनिक सम्पत्ति सुरक्षित रहन सक्ने भएकाले सबैलाई संयमित रहन आग्रह गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित