कञ्चनपुर प्रशासनको सर्वसाधारणप्रति अपिल : संयमता अपनाउन आग्रह

कञ्चनपुर । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा भाद्र २३ गते भएको घटनापछि कञ्चनपुरमा समेत आन्दोलन चर्किएपछि जिल्लाभर तनावपूर्ण अवस्था देखिएको छ।

भाद्र २४ गतेको प्रदर्शनका क्रममा विभिन्न पार्टी कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, सरकारी वकिल कार्यालय, स्थानीय तहका भवनहरु र निर्वाचित जनप्रतिनिधिहरूका निजी निवासमा समेत आगजनी तथा तोडफोड भएको कञ्चनपुर प्रशासनले जनाएको छ।

यस्ता गतिविधिबाट सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शान्ति–सुरक्षामा खलल पुग्ने अवस्थालाई नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गतेदेखि निषेधाज्ञा जारी गरेको छ।
सर्वसाधारणको नाममा अपिल जारी गर्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जनताको ज्यान र सम्पत्ति सुरक्षित राख्न, अमनचयन कायम गर्न, र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न संयमता अपनाउन सबैलाई आग्रह गरेका छन्।

ढकालले सबै राजनीतिक दल, भातृ संगठन, Gen Z समूह र आम सर्वसाधारणलाई जुलुस, हडताल, बन्दजस्ता कार्यक्रम नगरी शान्तिपूर्ण बाटो रोज्न आग्रह गर्दै समस्याको समाधान आपसी समन्वय, वार्ता र छलफलमार्फत खोज्नुपर्नेमा जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित