सेना परिचालनपछि देश सामान्यतर्फ

काठमाडौँ । देशभरि देखिएका अराजक गतिविधि नियन्त्रणमा लिन परिचालित नेपाली सेनाले निरन्तर कारबाहीलाई अघि बढाउँदै गएको छ। काभ्रेपलान्चोक जिल्लाको बनेपा–९ स्थित नयाँ बस्तीमा फेला परेका ८ वटा सकेट बमलाई सेनाले सुरक्षित रूपमा निस्क्रिय पारेको छ।

त्यसैगरी, हालै विभिन्न कारागार तथा सुधारगृहबाट फरार भएका कैदी–बन्दीहरूलाई नियन्त्रणमा लिन सुरक्षा निकायले उल्लेखनीय सफलता हासिल गरेको छ। सुन्धरास्थित केन्द्रीय कारागारबाट भागेका ४ जना कैदी, डोटीको दिपायल सिलगढीस्थित बाल सुधारगृहबाट भागेका ३ जना बालबन्दी, धादिङ्ग गजुरीस्थित धादिङ्ग कारागारबाट भागेका ३९ जना कैदी र बाँकेको डडुवा जयन्दु बाल सुधारगृहबाट भागेका १६ जना बालबन्दीलाई नियन्त्रणमा लिइएको छ।

यस्तै, बाँकेको नेपालगञ्जस्थित जिल्ला कारागारमा कैदीबन्दीहरूले होहल्ला तथा आगजनी गरी बाहिर निस्कन खोज्दा सेनाले तत्काल नियन्त्रणमा लिएको छ। सो क्रममा १ जना कैदी घाइते भएको जनाएको छ।

सकारात्मक पक्षका रूपमा, ललितपुरको भैसेपाटीस्थित प्रहरी चौकीमा स्थानीय बासिन्दाले सफाइ अभियान सञ्चालन गर्दै प्रहरीलाई स्वागत गरेका छन्, जसले प्रहरी–समुदाय सम्बन्धलाई थप सुदृढ पारेको छ।

यसबीच, सुरक्षाकर्मीहरूले विभिन्न स्थानबाट हालसम्म ९७ नाल हतियार बरामद गरेका छन्। सुरक्षा निकायहरूको सक्रियतासँगै देशको अवस्था क्रमशः सामान्यतर्फ उन्मुख भएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित