नयाँ सरकार गठनको तयारीसँगै प्रधानमन्त्रीको कार्यकक्षको व्यवस्थापन सुरु

काठमाडौँ । नयाँ सरकार गठनको तयारीसँगै प्रधानमन्त्रीको कार्यकक्षको व्यवस्थापन सुरु गरिएको छ ।

जेनजी आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय जलेर खरानी भएपछि नयाँ कार्यालय खोजी गर्ने क्रममा सिंहदरबारभित्रै निर्माणको अन्तिम चरणमा पुगेको नयाँ गृह मन्त्रालय भवनलाई अस्थायी रुपमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका रुपमा व्यवस्थापन गर्न लागिएको हो ।

यसका लागि आवश्यक सामग्रीहरू सार्ने कामसँगै भवनको सरसफाइ र सजावट भइरहेको छ ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारको मुख्य भवनमै रहेको थियो । तर, आन्दोलनकै क्रममा प्रदर्शनकारीले लगाएको आगोका कारण उक्त भवन पूर्णरुपमा जलेर ध्वस्त भएपछि नयाँ भवन रोजिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित