शीतलनिवासमा सहमति, जेनजीको प्रस्ताव साकार हुँदै

काठमाडौँ । शीतलनिवासमा जारी जेनजीका प्रतिनिधिहरू र राजनीतिक नेतृत्वबीच भएको निरन्तर छलफलले आज महत्वपूर्ण सहमति जुटाएको छ।

सहमतिअनुसार संसद् विघटन गरी अन्तरिम सरकार गठन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
स्रोतका अनुसार संसद् विघटनको घोषणा भएलगत्तै अन्तरिम सरकारको नेतृत्वका लागि जेनजी पुस्ताले अघि सारेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति भएको छ। कार्कीको शपथग्रहण कार्यक्रम पनि आजै सम्पन्न गर्ने तयारी रहेको बताइएको छ।

जेनजी आन्दोलनले उठाउँदै आएको “निष्पक्ष अन्तरिम सरकार”को माग पूरा हुने दिशामा यो सहमति ऐतिहासिक कदमका रूपमा हेरिएको छ। अब देशले जेनजीको नेतृत्वमा सुशासन र पारदर्शितातर्फ नयाँ अध्याय प्रारम्भ गर्ने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित