काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गतेका लागि नयाँ निर्वाचन मिति तोकेका छन्।
प्रधानमन्त्री पदमा नियुक्त भएकी कार्कीले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकबाटै संसद् विघटन गर्ने सिफारिस राष्ट्रपति समक्ष पेश गरेकी थिइन्। राष्ट्रपति पौडेलले सो सिफारिसलाई अनुमोदन गर्दै चुनाव मिति तोकेका हुन्।
पूर्वप्रधानन्यायाधीश समेत रहेकी सुशीला कार्कीलाई युवा पुस्ता (जेन–जी)को आन्दोलनको बल र समर्थनका आधारमा प्रधानमन्त्री नियुक्त गरिएको हो। उनको पहिलो निर्णय नै प्रतिनिधिसभा विघटन भएर मुलुक अब आगामी निर्वाचनतर्फ अघि बढ्ने निश्चित भएको छ।





















Discussion about this post