जेनजी आन्दोलनमा क्षति पुगेका सुदूरका सरकारी कार्यालयलाई फर्निचर सहयोग गर्ने आलोक मल्टी कन्सर्नको घोषणा

धनगढी । देश जेनजी आन्दोलनले थिलोथिलो बनेको विषम घडीमा, सुदूरपश्चिमका धेरै सरकारी कार्यालयहरू क्षतिग्रस्त भई दैनिक सेवा सञ्चालनमै कठिनाइमा परिरहेका छन् । यस्तो कठिन समयमै धनगढी–४ चटकपुरस्थित आलोक मल्टी कन्सर्न प्रालि फेरि पनि सहयोगी भावनासहित अघि बढेको छ ।

कम्पनीले सुदूरपश्चिम प्रदेशभरिकै क्षति पुगेका सरकारी कार्यालयहरूको सहज सञ्चालनका लागि आवश्यक फर्निचर तथा सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । साथै, सम्पर्क गर्न नसकिने टाढा–टाढाका कार्यालयहरूले पनि यसै सूचनालाई आधार मानी सम्पर्क गर्न आग्रह गरिएको छ ।

यसअघि पनि आलोक मल्टी कन्सर्न प्रालि आफैं ठुलो विपत्तिबाट गुज्रिएको थियो । आगलागीले ठूलो नोक्सानी बेहोर्नुपरेको कठिन परिस्थितिबाट कम्पनीलाई आम जनसमुदाय, व्यवसायी तथा उद्योग वाणिज्य संघ लगायत विभिन्न पक्षबाट प्राप्त सहयोगले पुनः उठ्न सक्ने आत्मविश्वास दिएको थियो । त्यही सहयोगी भावनालाई सम्झिँदै कम्पनीले आज फेरि समाज र राष्ट्रका लागि हात बढाएको हो ।

कम्पनीका प्रतिनिधिहरूले भने, “हामी विपत्मा हुँदा समाजले साथ दिएको थियो । अब समाज र राष्ट्र विपत्तिमा परेको बेला सहयोग गर्नु हाम्रो जिम्मेवारी हो ।”

समाज, समुदाय र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै कम्पनीले भविष्यमा पनि यस्ता सहकार्यका कार्यक्रमलाई निरन्तरता दिने स्पष्ट पारेको छ ।

सुदूरपश्चिम प्रदेशकै सरकारी कार्यालयहरूलाई सहज र द्रुत सेवा सञ्चालन गर्न सहयोग पुग्ने गरी सुरु गरिएको आलोक मल्टी कन्सर्न प्रालिको यो अभियान केवल सहयोग मात्र नभई समाजसँगको आत्मीय सम्बन्ध र जिम्मेवारीको प्रतीक बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित