शपथग्रहणपछि पहिलो पाइला अस्पतालतर्फ : बिरामी भेट्न पुगे ऊर्जा मन्त्री घिसिङ

काठमाडौं । सोमबार खण्डहर राष्ट्रपति कार्यालयको आँगनमा पाल टाँगेर गरिएको विशेष समारोहमा शपथ लिएका ऊर्जा, भौतिक योजना तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आफ्नो पहिलो कदम मानवीय सेवातर्फ उन्मुख गरेका छन् ।

शपथ ग्रहण सम्पन्न भएलगत्तै मन्त्री घिसिङ सीधा अस्पताल पुगे । उनले आन्दोलनका क्रममा घाइते भएका बिरामीहरूसँग भेटघाट गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । घिसिङले बिरामी र उनका परिवारलाई हौसला दिँदै उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनको यो पहललाई सहभागीहरूले “सत्ताको औपचारिकता मात्र होइन, मानवीय संवेदनशीलताप्रति गहिरो प्रतिबद्धता”को उदाहरणका रूपमा लिएका छन् ।

शपथ ग्रहणपछिको पहिलो सार्वजनिक कार्यक्रम अस्पतालमा बिरामी भेटेर सुरु गर्नु घिसिङको व्यक्तित्व र कार्यशैलीलाई जनतामुखी र जिम्मेवार नेताको रूपमा चित्रण गर्ने नयाँ अध्याय बनेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित