आशिका तामाङ : आन्दोलनपीडितका सहारा, भविष्यका सम्भावित नेतृ

काठमाडौं । जेन–जी आन्दोलनमा घाइते भएका प्रदर्शनकारी तथा मृतकका परिवारलाई सहयोगको हात बढाइरहेकी सामाजिक अभियन्ता आशिका तामाङ यतिबेला चौतर्फी प्रशंसा कमाइरहेकी छन् । अस्पतालको वार्डदेखि गाउँघरको कोठा–कोठासम्म पुगेर उनले लत्ताकपडा, खाद्यान्न, औषधि, उपचार खर्च र नगद सहयोग पुर्‍याउँदै आएकी छन् ।

उनको खटाई हृदय पगाल्ने खालको छ-निराशामा डुबेका परिवारलाई साहस जगाउँदै, अप्ठेरोमा पनि संघर्ष गरेर बाँच्नुपर्छ” भन्ने सन्देशसहित उनी हात समातिदिन्छिन् । यही कारण धेरैले उनलाई केवल एक अभियन्ता मात्र होइन, भविष्यमा सफल नेताको रूपमा पनि देखिरहेका छन् ।

आशिकाको अभियानलाई देशभित्र मात्र होइन, विदेशमा रहेका नेपालीहरूले पनि साथ दिएका छन् । विदेशी भूमिबाट आर्थिक सहयोग संकलन हुँदै उनको हातमार्फत पीडित परिवारसम्म पुगिरहेको छ ।

सामाजिक उत्तरदायित्वप्रति गहिरो निष्ठा राखेकी आशिका तामाङ भ्रष्टाचारविरुद्ध सुरुदेखि नै बुलन्द आवाज उठाउँदै आएकी हुन् । असहाय बालबालिकाको शिक्षा सहयोगदेखि, प्राकृतिक विपत्तिमा विस्थापित परिवारको पुनःस्थापना, अशक्त वृद्ध–वृद्धाको स्याहार–सम्भारसम्म उनले अघिल्ला वर्षहरूमा समेत थुप्रै उल्लेखनीय काम गरिसकेकी छन् ।

यस पटक आन्दोलनका घाइते र मृतकका परिवारसँग उनी जुन निरन्तर आत्मीयतापूर्वक उभिएकी छन्, त्यसले उनीप्रति जनताको भरोसा झनै बढाइदिएको छ । कतिपयले त भन्छन्, “यस्तो मानवीय काम गर्ने आशिका जस्तै व्यक्तित्वलाई अन्तरिम सरकारमै समेटे पनि फरक पर्दैन ।” सामाजिक न्याय, पारदर्शिता र मानवीय मूल्यमा आधारित उनको यो अभियान अहिले आशा र साहसको प्रतिक बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित