प्रचण्ड र माधव नेपाल नियमित काममा फर्किए

 काठमाडौं :जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाको नियन्त्रणमा परेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल नियमित काममा फर्किएका छन्।

प्रचण्डले सोमबार जलेको केन्द्रीय मुख्यालय पेरिसडाँडाको अवलोकन गरेका छन्। उता माधव नेपालले हिजो आलोकनगरस्थित पार्टी कार्यालयसहित ११ ठाउँको अवलोकन गरेका थिए।

उनको सचिवालयका अनुसार नेपालले आफ्नै घर, कान्तिपुर टेलिभिजन र अन्य नेताहरू शंकर पोखरेल, प्रेम आले, अग्नि खरेल, झलनाथ खनाल, जीवनराम श्रेष्ठ, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे र रघुजी पन्तका जलेका घर अवलोकन गरेका हुन्।

स्रोतका अनुसार माधव नेपाललाई सेनाले २५ भदौमै ब्यारेकबाट छोडेको थियो। प्रचण्डसँगै उनी सिंहदरबारस्थित सेनाको ब्यारेकमा राखिएका थिए। विपक्षी दलहरूको बैठकका लागि त्यहाँ पुगेका प्रचण्ड र माधवलाई त्यही ब्यारेकमा नियन्त्रणमा राखिएको थियो।

‘धेरैले शिवपुरीमा नजरबन्द गरिएको भनेर हल्ला फैलाए, कतिपयले भैरवनाथ गणमा राखिएको भने,’ स्रोतले भन्यो, ‘तर उहाँहरूलाई एक दिन मात्र सिंहदरबारमा राखिएको हो। त्यसपछि माधव नेपाल आफन्तको घरमा बस्दै आएका छन्।’

यसबीच माओवादी स्रोतका अनुसार प्रचण्डले भने आफू बस्ने डेरा हरेक दिन परिवर्तन गर्दै आएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित