बेलडाँडी खेलमय बन्दै, दशैँसँगै फुटबल महोत्सवको रौनक

केशव थापा/बेलडाँडी । हिन्दूहरूको महान् पर्व वडा दशैँ नजिकिँदै गर्दा बेलडाँडी खेलमय बन्दै गएको छ । दशैँको अवसरलाई अझ रमाइलो र अर्थपूर्ण बनाउन बेलडाँडी फुटबल एकेडेमीले यस वर्ष पनि फुटबल महोत्सव आयोजना गर्ने तयारी पूरा गरेको छ ।

आज रौलेश्वर माविको प्राङ्गणमा विशेष समारोहबीच महोत्सवको आकर्षण मानिने ट्रफी सार्वजनिक गरिएको छ । गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाको हातबाट सार्वजनिक गरिएको उक्त ट्रफी कार्यक्रममा बेलडाँडी फुटबल एकेडेमीका प्रशिक्षक दिनेश जोशीले दशमी विशेषलाई भव्य बनाउने गरी महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष रानाले बेलडाँडीका युवा खेलाडीहरूले देश–विदेशसम्म आफ्नो पहिचान बनाइरहेको उल्लेख गर्दै, “जसले जहाँ भए पनि बेलडाँडीको शिर ठाडो पार्ने काम गर्नुहोस्, कहिल्यै पनि यस माटोको शिर निहुरिने काम नगर्नुहोस्,” भन्दै युवाहरूमाथि विश्वास व्यक्त गरे ।

महोत्सव यही असोज ६ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र, द्धितीय हुनेलाई २५ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई पनि विशेष सम्मानको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।

एकेडेमीले प्रतियोगितामा बेलडाँडीका टिमसँगै बेलौरी नगरपालिका–८, ९ र १० नं. वडाका खेलाडीहरूलाई मात्र सहभागी गराउने जनाएको छ । तर बेलौरीका खेलाडीहरूले बेलडाँडीको टिमबाट खेल्न नपाउने प्रावधान रहेको छ । टिम दर्ता शुल्क ५ हजार तोकिएको छ भने दर्ता यही असोज ४ गते साँझ ६ बजेसम्म गर्नुपर्नेछ ।

दशैँको रौनकसँगै सुरु हुने यो महोत्सवले बेलडाँडी मात्र नभई आसपासका गाउँबस्तीलाई पनि खेलमैत्री र उत्सवमय बनाउने विश्वास गरिएको छ । खेलकुद र संस्कृतिको संगम बनेको यो फुटबल महोत्सव स्थानीयको उत्साह र सहभागिताले झनै भव्य बन्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित