काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष पनि विगतझैँ विविध कार्यक्रमका साथ देशभर मनाइँदैछ । यस अवसरमा मूल समारोह आज बिहान ८ः३० बजे राजधानीको सैनिक मञ्च, टुँडिखेलमा आयोजना गरिएको छ, जसमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुनेछ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
विशेष राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै यसपटक झाँकीलगायतका प्रदर्शनात्मक कार्यक्रम स्थगन गरिएको छ । तर, देशव्यापी रूपमा संविधान दिवसको अवसरमा विविध कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।
नेपाली जनताको लामो बलिदान र सङ्घर्षको फलस्वरूप संविधानसभाबाट २०७२ साल असोज ३ गते ‘नेपालको संविधान, २०७२’ जारी गरिएको थियो । दोस्रो संविधानसभाको अथक प्रयास र लामो छलफलपछि तयार पारिएको यो संविधानलाई तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा विशेष समारोहका बीच घोषणा गर्नुभएको थियो ।
आजको दिनलाई स्मरण गर्दै मुलुकभर संविधान दिवस र राष्ट्रिय दिवस भव्यताका साथ मनाइँदैछ ।






















Discussion about this post