बेलडाँडीमा बाघको आतंक : गाईको बाच्छो मारिँदा गाउँभरि त्रास

विकास महता/ बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ दोकट्टा टोलमा बाघको आतंक फैलिएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको उक्त बस्तीमा शुक्रबार राति बाघले गाईको बाच्छालाई आक्रमण गरी मारेको स्थानीय अल–स्टार युवा क्लबका अध्यक्ष लोकबहादुर बलायरले जानकारी दिनुभयो।
बलायरका अनुसार बाघले बस्तीमै पसेर गाईको बाच्छालाई घाटीमा टोक्दै आक्रमण गरेको हो। यस घटनापछि गाउँमा त्रास फैलिएको छ।

“बाघ बस्तीमै छिरेर पशु मार्दा स्थानीय भयभीत भएका छन्,” अध्यक्ष बलायरले बताउनुभयो।
निकुञ्जसँग सटेको बस्ती भएकाले यसअघि पनि यस्ता आक्रमण हुने गरे पनि पछिल्लो आक्रमणले गाउँलेहरू झनै आतंकित भएका छन्। स्थानीयवासीहरूले वन्यजन्तुको आक्रमण नियन्त्रण र सुरक्षित बस्तीको वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित