नेपालमा सुनको मूल्य ऐतिहासिक उचाइमा, तोलामा २ लाख २१ हजार ७ सय पुग्यो

काठमाडौं :नेपालमा सुनको मूल्य आज अहिलेसम्मकै उच्चस्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँले बढेर २ लाख २१ हजार ७ सय रुपैयाँ पुगेको छ।

यसअघि हिजो सुनको मूल्य तोलामा २ लाख १७ हजार ८ सय रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि नयाँ कीर्तिमान कायम गर्दै तोलामा ३० रुपैयाँले बढेको छ। हिजो तोलामा २ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २ हजार ६८० रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित