शीर्ष नेताहरूको राहदानी रोक्का गर्न सरकारको तयारी

काठमाडौँ । सरकारले केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व गृहमन्त्री रमेश लेखक, पूर्व उर्जामन्त्री दीपक खड्का लगायत नेताहरूको राहदानी रोक्का गर्ने प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको सरकारी स्रोतले जनाएको छ ।

गत भदौ २३ गते भएको जेनजी आन्दोलनलाई दमन गर्ने क्रममा संलग्न देखिएका नेताहरूमाथि अनुसन्धान गर्नुपर्ने माग निरन्तर उठ्दै आएको थियो । सोही मागअनुरूप कारबाही प्रक्रिया अघि बढाउन राहदानी रोक्का गर्न लागिएको एक मन्त्रीले बताएका छन् ।

उनका अनुसार सरकारको ध्यान अहिले दुई मुख्य विषयमा केन्द्रित छ— आन्दोलनका बेला गरिएको दमन र नेताहरूको घरमा फेला परेको नगद । यी दुवै विषयमा छानबिनलाई प्रभावकारी बनाउन पासपोर्ट रोक्का गर्ने तयारी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित