बैतडीका तीन स्थानीय तहद्धारा आज सार्वजनिक बिदा

46
VIEWS

बैतडी,
बैतडीका तीन स्थानीय तहद्धारा आज मंगलवार सार्वजनिक बिदा दिइएको छ । जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकामा आज सार्वजनिक बिदा दिइएको सम्बन्धित स्थानीय तहहरुले जनाएका छन् ।

दशरथचन्द नगरपालिकास्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा जात्रा लाग्ने भएकाले मंगलबार नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यस्तै प्रसिद्ध मेलौली भगवती मन्दिरमा हिजोदेखि जात्रा शुरु भएकाले नगर क्षेत्रमा हिजो र आज दुई दिन सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ । यस्तै सुर्नयास्थित प्रसिद्ध फाल्ङासैनी भगवती मन्दिरमा जात्रा लाग्ने भएकाले आज सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार