प्रचण्डको घडी–ब्याग विवाद : माओवादी बैठकमै उठ्यो प्रश्न

 

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी छोरी गंगा दाहालको विलासी जीवनशैलीबारे प्रश्न उठेको छ।

बैठकमा केन्द्रीय सदस्य तथा सार्क इन्चार्ज लक्ष्मण पन्तले लिखित प्रस्ताव पेस गर्दै अध्यक्षले लगाउने ६४ लाख रुपैयाँको रोलेक्स घडी र गंगाले बोक्ने २८ लाख रुपैयाँको लुई भिटन ब्यागको वैधानिकता र स्रोतमाथि स्पष्टीकरण माग गरेका हुन्।

उनले मिडियामा सार्वजनिक भएका समाचार गलत भए प्रमाणसहित खण्डन गर्न तथा समाचार प्रकाशन गर्ने मिडिया र यसबारे संसद्मा प्रश्न उठाउने नेपाली कांग्रेस सांसद सुनील शर्माविरुद्ध मानहानि मुद्दा दायर गर्न अध्यक्षलाई चुनौती दिएका छन्।

“यदि ती समाचार गलत हुन् भने तुरुन्तै मिडिया र सांसदविरुद्ध मुद्दा हालौं,” पन्तको प्रस्तावमा भनिएको छ। “तर यदि सही हुन् भने अध्यक्ष र परिवारको विलासी खर्च पार्टीको नैतिकतासँग मेल खान्न।”

पन्तले उपहारस्वरूप प्राप्त वस्तु प्रयोग गर्नु पनि नैतिकरूपमा अशोभनीय हुने भन्दै पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री हुँदा प्राप्त महँगा उपहार बेचेर निजी लाभ लिएको विवाद स्मरण गराएका थिए। उनले नेतृत्वको जीवनशैली र पारदर्शिता अनिवार्य रूपमा प्रश्नको कठघरामा उभिनुपर्नेमा जोड दिए।

घडी–ब्याग विवादसँगै पन्तले पार्टीभित्र सम्पत्ति छानबिन अभियान थाल्न प्रस्ताव गरे। उनले अजय सुमार्गीको ‘हेलो नेपाल’ प्रकरणमा राज्यलाई परेको करिब २० अर्ब रुपैयाँ नोक्सानी, जनमुक्ति सेनाको ‘पीएलए फन्ड’ का २ अर्ब ८२ करोडको हिसाबकिताब, साथै विगत १८ वर्षमा मालदार मन्त्रालय सम्हालेका नेताहरूले आर्जन गरेको सम्पत्तिको निष्पक्ष छानबिन गर्न माग गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित