बेलडाँडी । बेलडाँडी गाउँपालिकाले पुराना भवनहरूको नक्सा नियमित तथा अभिलेखीकरणका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।
गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र बेलडाँडी गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐनअनुसार गाउँकार्यपालिकाबाट पारित “भवन नियमित तथा अभिलेखीकरण सम्बन्धी कार्यविधि, २०७९” जारी गरेको हो।
सूचनाअनुसार प्रारम्भमा नक्सा पास नगरी बनेका वा पास भएको नक्सामा स्वीकृति बिना हेरफेर गरी बनेका भवनहरूको हकमा, भवन निर्माणसम्बन्धी मापदण्ड पूरा भएमा मात्र नक्सा नियमन तथा अभिलेखीकरण लागू हुनेछ।
गाउँपालिकाले प्रकाशित गरेको सूचनामा पुराना भवनहरूको नक्सा नियमित तथा अभिलेखीकरण कार्य एक पटक मात्र हुने उल्लेख छ। साथै, हालको सडक मापदण्ड र भवनको चारैतिरको setback मिलेको हुनुपर्ने प्रावधान राखिएको छ।
त्यस्तै, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड, २०७२ अनुसार मुख्य बजार क्षेत्रमा टासेर बनेका भवनलाई ३ तलासम्म अभिलेखीकरण गर्ने र सो भन्दा माथिका भवनलाई structural report को आधारमा मात्रै स्वीकृति दिइने भनिएको छ।
Load bearing प्रविधिमा बनेका भवनका हकमा भने अधिकतम २ तला मात्र स्वीकृति दिइने सूचनामा उल्लेख गरिएको छ। अन्य विवरणका लागि गाउँपालिकाले स्वीकृत गरेको कार्यविधि, २०७९ बमोजिम कार्य हुने जनाएको छ।
थप जानकारीका लागि योजना पूर्वाधार शाखामा सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ।























Discussion about this post