डोटीमा ट्राफिक प्रहरीको रहस्यमय मृत्यु, टाउकोमा चोटको आशंका

डोटी । डोटीमा एक जना ट्राफिक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । शिखर नगरपालिका–८ तिलताली घर भएका ट्राफिक प्रहरी जवान शंकर बलायर गोपघाटस्थित सडक छेउमा मृत भेटिएको जिल्ला प्रहरीले जनाएको छ ।

बलायर जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए । उनी दसैं मनाउनका लागि असोज ७ गते बिदा लिएर घर आएका थिए ।

स्थानीयवासीले सडक किनारामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले बलायरको टाउकोमा चोटको निशान देखिएको जनाएको छ ।

प्रहरीले घटनास्थल सिल गरी विस्तृत अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुमान अनुसार घटनामा कुनै दुर्भाग्यपूर्ण घटना वा आपराधिक संलग्नता हुन सक्ने आशंका गरिएको छ । घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरी टोलीले तथ्यगत अनुसन्धान अघि बढाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित