देशभर असोज १९ र २० गते सार्वजनिक बिदा : गृह मन्त्रालयको निर्णय

काठमाडौं । लगातारको वर्षा र आगामी तीन दिनसम्म अझै तीव्र वर्षा हुने पूर्वानुमानपछि सरकारले देशभर दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीका आधारमा असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ।

वर्षाका कारण बाढी, डुबान, भूक्षय तथा आवागमनमा अवरोधजस्ता जोखिम बढ्ने देखिएकाले सावधानी अपनाउन आग्रह गर्दै मन्त्रालयले असोज १९ र २० गते (आइतबार र सोमबार) नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सूचनामा भनिएको छ, “विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू बाहेक अन्य सबै कार्यालयमा सार्वजनिक बिदा लागू हुनेछ।”

गृह मन्त्रालयले सबै नागरिकलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, सुरक्षित स्थानमा रहन र सम्भावित जोखिमबाट बच्न विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले सार्वजनिक बिदासम्बन्धी सूचना जारी गर्दै देशका सबै नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित