झरी र बाढीपहिरोबाट प्रभावितको छिटो उद्दार र राहतका लागि सरकार सक्रिय

काठमाडौं :झरी र बाढीपहिरोका कारण विभिन्न स्थानमा उत्पन्न समस्यालाई ध्यानमा राख्दै सरकारले प्रभावित नागरिकहरूको छिटो उद्दार र राहत उपलब्ध गराउने निर्णय गरेको छ।

गृह मन्त्रालयले आपतमा परेकाहरूलाई नजिकको स्थानीय प्रशासनमा फोन गरेर सहयोग माग्न आग्रह गरेको छ। साथै, आवश्यक परे हेलिकप्टरमार्फत तत्काल उद्दार गर्न सम्बन्धित निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

मन्त्रालयका अनुसार झरीका कारण बाटोमा अलपत्र परेकाहरूलाई सुरक्षित स्थानमा सार्ने, उनीहरूको बसोबास र खाद्य व्यवस्था मिलाउने जिम्मेवारी स्थानीय प्रशासनलाई तोकिएको छ।

यस उद्देश्यका लागि देशका सबै ७७ जिल्लाका स्थानीय प्रशासन तथा सुरक्षा निकायका सम्पर्क नम्बरहरू सार्वजनिक गरिएको गृह मन्त्रालयले जनाएको छ।

सरकारले नागरिकलाई सतर्क रहन र आवश्यकता पर्दा तुरुन्तै नजिकको प्रशासन वा सुरक्षाकर्मीलाई जानकारी गराउन आग्रह गरेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित