अविर वर्षाले भिजायो किसानको पसिना–काटिसकेको धानबालीमा भारी नोक्सानी, चेतावनी नसुन्दा भयो दुःख

कञ्चनपुर । हिजो सोमवार साँझ परेको अविर वर्षाले कञ्चनपुरका किसानहरूको महिनौंको पसिना क्षणभरमै भिजाएर नोक्सान पुर्याइदिएको छ । अरु बर्ष भन्दा खेतको बाला सुनौलो देखेर हर्षित भएका किसान आज त्यही बाला पानीमा डुबेको देख्दा रुँदै छन् । काटिसकेका र थन्क्याउन मात्र बाँकी रहेका धानका गाभाभित्र वर्षाको पानी पसेपछि किसानको मेहनत माटोमा मिसिन्छकी भन्ने चिन्ता देखिएको छ ।

बेलडाँडी बेलौरी लगायत जिल्ला भरका खेतबारीहरूमा अहिले निराशा र पीडाको दृश्य फैलिएको छ । खेतका छेउमा पानीले भिजेका धानका गाभा देखाउँदै किसानहरू भन्छन्, “सरकारले अविर वर्षाको चेतावनी त दिएको थियो, तर हामीले विश्वास गरेनौं । अब भने चेतावनीको बेवास्ताको सजाय आफैं भोग्दैछौं ।”

जल तथा मौसम विज्ञान विभागले असोज १९ र २० गतेसम्म भारी वर्षा हुने पूर्वजानकारी दिएको भए पनि धेरै किसानले त्यसलाई सामान्य कुरा ठानेका थिए । परिणामस्वरूप काटेर भित्र्याउन तयार भएको धानबाली कुहिने खतरा बढेको छ । जिल्ला भर धानबाली लगायतमा कतिको नोक्सान भयो भन्ने कुरा अहिले पुरा विवरण आउन बाकी नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित