बेलडाँडीमा बाघको आतंक: बैवाहको पुलमै भैंसीलाई आक्रमण

बेलडाँडी । बेलडाँडी गाउँपालिकामा बाघ र चितुवाको आक्रमण रोकिएको छैन । बेलडाँडी गाउँपालिका–४ बैवाह गड्डास्थित बीच पुलमै आज बिहान करिब ४ बजे एक भैंसीलाई बाघले आक्रमण गरी मारेको घटना बाहिर आएको छ ।

स्थानीयवासीका अनुसार बिहान ४ बजेतिर बाघ र भैंसी कराएको आवाज सुनेपछि गाउँलेहरू घटनास्थलतर्फ पुगेका थिए । उनीहरू पुगेका बेला भैंसीको घाटी च्यापेर बाघले मारीसकेको र मानिसहरूको भीड देखेपछि बाघ जंगलतर्फ फर्किएको बताइएको छ ।

मारिएको भैंसी कसको हो भन्ने कुरा भने अहिलेसम्म खुल्न सकेको छैन । तर हिजो मात्रै छिमेकी मुलुक भारतको टाटारगञ्जका एक किसानले आफ्नो भैंसी हराएको भन्दै बेलडाँडीतर्फ खोजीमा आएका थिए भन्ने जानकारी स्थानीयले दिएका छन् ।

युवा समाजसेवी तथा शिक्षक बम बहादुर बुढाका अनुसार उनी बिहानको वाकमा गएका बेला सो दृश्य देखेका हुन् । “पुलको बीचमै बाघले भैंसीको घाटी समातेको ढालेको जस्तो देखिएको थियो,” उनले बताए ।

पछिल्लो समय बेलडाँडीसँगै कञ्चनपुरका विभिन्न क्षेत्रमा जंगली जनावरको आतंक तीव्र बन्दै गएको छ । तर जनावर नियन्त्रणका लागि सम्बन्धित निकायले अहिलेसम्म कुनै ठोस पहल नगरेको स्थानीयवासीको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित