हुम्लामा विकास बजेटबाट ‘हेलिकप्टर पिकनिक’

हुम्ला । हुम्लाको चंखेली गाउँपालिकाले विकासका नाममा उडाएको हेलिकप्टर अब विवादको केन्द्रमा परेको छ।

गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीको नेतृत्वमा गत साउन २७ र २८ गते चीन सिमानासम्म हेलिकप्टर सवारी गरी विकास बजेट दुरुपयोग गरिएको आरोप लागेको हो। स्थानीय स्रोतका अनुसार गाउँपालिकाको विकासका लागि छुट्याइएको रकम पाँच पटकको “हवाई भ्रमण” मै सकिएको छ।

सो हेलिकप्टर यात्रामा नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, चंखेली-१ का वडाध्यक्ष गोविन्द बोहरा, वडा नं. ५ का हर्कधन तामाङ, र वडा नं. ६ का जयबहादुर सिंरा लगायतका जनप्रतिनिधि सहभागी थिए।

स्रोतका अनुसार यी जनप्रतिनिधिको दुई दिनको हवाई यात्रा खर्चका रूपमा करिब नौ लाख रुपैयाँ विकास बजेटबाट खर्च गरिएको छ।

अझ रोचक त के भने – गाउँपालिकाले सिम्रिक एयरलाई पठाएको पत्रमै “हेलिकप्टर उडान बापत नौ लाख रुपैयाँ भुक्तानी गर्ने” उल्लेख खुलेरै आएको छ।

स्थानीयवासी भन्छन्, “सडक, स्वास्थ्यचौकी र विद्यालय निर्माणका बजेट अलपत्र छन्, तर नेताहरू हेलिकप्टरमा उडिरहेका छन्।”

अब प्रश्न उठेको छ – विकासका नाममा ‘हवाई भैरव’ बनेका जनप्रतिनिधिहरूलाई कसले रोकिने?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित