अनेरास्ववियुद्वारा कञ्चनपुरबाटै बालेन र सुधनविरुद्ध मुद्दा दायर

सन्तोष धानुक, कञ्चनपुर । नेकपा (एमाले) निकट अनेरास्ववियुले कञ्चनपुरबाटै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ नामक एनजिओका संयोजक सुधन गुरुङविरुद्ध मुद्दा दायर गरेको छ। संगठनले गत भदौ २४ गतेको जेन–जेड (Gen Z) आन्दोलनमा घुसपैठ गराएर विद्यार्थीको हत्या, निजी तथा सार्वजनिक सम्पत्ति लुटपाट, तोडफोड र आगजनीमा संलग्न गराएको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएको हो।

अनेरास्ववियु कञ्चनपुरका संयोजक विक्रम थापाका अनुसार संगठनको केन्द्रीय निर्देशनअनुसार जिल्लाबाटै उजुरी दर्ता गरिएको हो। थापाले बालेन र सुधनलाई आन्दोलनका मुख्य योजनाकारका रूपमा वर्णन गर्दै “कानुन अनुसार कारबाही हुनैपर्छ,” भन्ने धारणा राखे।

थापाका अनुसार उजुरी मुलुकी फौजदारी संहिता, २०७४ का दफा १७७, १७८, २४४ र २८५(२)(क) बमोजिम दायर गरिएको हो।

अनेरास्ववियुका पूर्व कञ्चनपुर अध्यक्ष ओम बस्नेतले पनि जिल्लामा ‘जेनजी’ नाममा विभिन्न बेथितिहरू भइरहेकाले त्यसलाई अब रोक्नुपर्ने बताउँदै, “सरकारी र निजी सम्पत्तिमा तोडफोड, आगजनीजस्ता कार्यमा संलग्नहरूलाई तत्काल कारबाही गर्नुपर्छ,” भने।

त्यसैगरी अनेरास्ववियुका पूर्व नेता तथा एमाले युवा नेता महेश पन्तले जेन–जेडका नाममा भइरहेको अराजकतालाई संगठन र पार्टीले कुनै हालतमा नछोड्ने चेतावनी दिए।

यस विषयमा प्रतिक्रिया दिँदै कञ्चनपुरका प्रहरी प्रमुख खडक बहादुर खत्रीले जाहेरी दर्ता भइसकेको र आवश्यक अनुसन्धानका लागि “जाँचबुझ आयोग” (सम्बन्धित निकाय) मा पठाइने जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित