“निरन्तर जेनजी आन्दोलनपछि बल्ल बेलौरी एमालेको जुँगा हल्लियो ! भ्रष्टाचारविरुद्ध कडा भाषामा ज्ञापन पत्र बुझाउँदै चेतावनी”

बेलौरी । जेनजी आन्दोलनको तातो लहर र जनअसन्तुष्टिको चर्को आवाजबीच अन्ततः नेकपा (एमाले) बेलौरी नगर कमिटीले पनि आफ्नो “जुँगा हल्लाएको” छ । लामो मौनता तोड्दै शुक्रबार (असोज २४ गते) बेलौरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृतलाई बुझाइएको ज्ञापन–पत्र मा “भ्रष्टाचार, अनियमितता र सत्ता दुरुपयोग” विरुद्ध कडा चेतावनी दिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, “जनताको खुन पसिनाको करको रकम सिमित व्यक्तिहरूको राजनैतिक संरक्षणमा ठेक्का-पट्टा बाँडफाँड र मनपरी करार भर्नामा खर्च भइरहेको छ । नागरिकको सुचनाको हक नै कुण्ठित पारिएको छ ।”

नगरपालिका प्रशासनको “अटेरी र अपारदर्शी शैली” प्रति घोर आपत्ति जनाउँदै बेलौरी एमालेले सात बुँदे ठोस माग सार्वजनिक गरेको छ,

१️ सबै विकास योजनाको बजेट, खर्च र लेखाजोखा तत्काल सार्वजनिक गर्नुपर्ने । २️ ठेक्का–टेण्डरमा भएको अनियमितताको छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्नुपर्ने । ३ ‘राज कम्प्युटर एण्ड सप्लायर्स’ मार्फत गरिएको एकल खरिद निर्णय र त्यसमा भएको सम्भावित सिण्डिकेट तत्काल खारेज गर्नुपर्ने । ४️ “राजकुमार चौधरी र रिता चौधरी” का नाममा नक्कली सरकारी परिचयपत्र वितरणको सत्यता छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने । ५️ सबै जनप्रतिनिधि र कर्मचारीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने । ६️ सवारी साधन मर्मत र इन्धन खर्चमा भएको चरम दुरुपयोगको हिसाब जनतासामु ल्याउनुपर्ने । ७️ बायोग्यास, शिक्षा, स्वास्थ्य र भौतिक योजना क्षेत्रमा भएको भ्रष्टाचारको अडिट रिपोर्ट सार्वजनिक गर्नुपर्ने ।

ज्ञापन-पत्रमा “यदि यी मागहरू निर्धारित समयमा सम्बोधन नभए आन्दोलन, धर्ना र चरणबद्ध विरोध कार्यक्रमहरू अघि बढाइनेछ” भन्ने स्पष्ट चेतावनीसमेत दिइएको छ । पार्टी प्रदेश सचिवालय सदस्य तथा नगर इन्चार्ज करमसाय राना र नगर सचिव हस्तबहादुर बि.क.ले संयुक्त रूपमा हस्ताक्षर गरेको उक्त ज्ञापनपत्रले बेलौरीको राजनीतिक वातारण फेरि तातो बनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित