पुनर्वासमा छोराको मृत्युको पीडा बिर्सन नपाउँदै आमाले पनि गुमाइन् जीवन

कञ्चनपुर । पुनर्वास नगरपालिकामा थ्रेसरको पट्टामा कपाल बेरिँदा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

शनिबार बिहान पुनर्वास नगरपालिका–५ ग गाउँमा आफ्नै घरमा धानमा थ्रेसर लगाउने क्रममा ४५ वर्षीया भगवती थापा गम्भीर रूपमा घाइते भएकी थिइन्। थ्रेसरको पट्टामा कपाल बेरिँदा उनको टाउकोको माथिल्लो भाग क्षतिग्रस्त भएको थियो।

गम्भीर घाइते थापालाई तत्कालै धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो। त्यहाँ अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको थियो। तर उपचारका क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ।

थापाका दुई छोरा र एक छोरी छन्। यतिबेला यो परिवारमा दुःखको अर्को छाल आयो, किनभने थापाकी कान्छा छोरा २१ वर्षीय युवकको केही महिनाअघि हरितालिका तीजको राती पुनर्वास–१० स्थित दोंदा पुलमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो।

छोराको निधनपछि शोकमग्न बनेको परिवारमा पुनः भगवती थापाको मृत्युले थप पीडा र शोक थपिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित