विकास महता/बेलडाँडी । बेलडाँडी गाउँपालिका वडा नं. ०१ मा बुधवार वडा खेलकुद समिति गठन गरिएको छ ।
तर्क राज भट्ट (टिआर)को संयोजकत्वमा पाँच सदस्यीय समिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।
समितिका सदस्यहरूमा किरण बलायर, गणेश भट्ट र दिपेन्द्र बहादुर बिष्ट रहेका छन् । खेलकुद समितिको उद्देश्य वडा भित्र खेलकुद क्षेत्रको विकास, युवा सहभागिता र प्रतिभा प्रस्फुटनका लागि योजनाबद्ध रूपमा कार्य अघि बढाउने रहेको समितिले जनाएको छ ।
नव–गठित समिति संयोजक तर्क राज भट्ट (टिआर)ले वडा स्तरीय खेलकुदका माध्यमबाट युवामा अनुशासन, एकता र नेतृत्व क्षमताको विकास गर्ने संकल्प व्यक्त गरे । उनले भने, “खेलकुदले समाजमा सकारात्मक परिवर्तन ल्याउँछ, त्यसैले यसको विकासका लागि सक्दो प्रयास गर्नेछु।”
भट्ट अल स्टार युवा क्लबका सक्रिय कार्यसमिति सदस्य समेत हुन् । बेलडाँडी–१ मा यो समिति गठनसँगै स्थानीय युवाबीच खेलकुदमा नयाँ ऊर्जा र उत्साह थपिएको जनाइएको छ ।






















Discussion about this post