जगदम्बा पब्लिकेशनद्वारा कृष्णपुर नगरपालिकालाई कम्प्युटर सहयोग

कञ्चनपुर, असोज ३० सुदूरपश्चिम प्रदेशको जगदम्बा पब्लिकेशन प्रालि धनगढी–महेन्द्रनगर शाखाले कृष्णपुर नगरपालिकालाई कम्प्युटर उपकरण सहयोग गरेको छ । गत भदौ महिनामा ‘जेनजी आन्दोलन’का क्रममा क्षति पुगेको पालिका कार्यालयको दैनिक प्रशासनिक कामकाज सहज बनाउनका लागि उक्त सहयोग गरिएको हो ।

बिहीबार एक विशेष समारोहका बीच जगदम्बा पब्लिकेशन प्रालिका सञ्चालक नरसिंह धामीले कम्प्युटर सेट कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझालाई हस्तान्तरण गरे । कार्यक्रममा धामीले पालिका संकटमा परेका बेला समाजिक उत्तरदायित्वअन्तर्गत शिक्षाको क्षेत्रमा सहयोग गरेको बताए ।

‘कम्प्युटर उपकरण अभावका कारण शिक्षा शाखाको काम प्रभावित नहोस भन्ने हाम्रो उद्देश्य हो,’ धामीले भने, ‘मुलुक संकटमा परेका बेला बालबालिकाको शिक्षा निरन्तर रहोस् भन्ने हाम्रो पनि संकल्प हो ।’

कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले सहयोगी संस्था जगदम्बा पब्लिकेशनप्रति धन्यवाद ज्ञापन गर्दै संकटका बेला साथ दिएकोमा आभार व्यक्त गरे ।
उनले भने, ‘जगदम्बा पब्लिकेशनले देखाएको सहयोगले पालिकालाई आफ्नो नियमित सेवा प्रवाह पुनः सञ्चालन गर्न सहज भएको छ ।’ यस सहयोगलाई पालिकाले उदाहरणीय सामाजिक उत्तरदायित्वको रूपमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित