नेपालमै पहिलो पटक आयोजना हुन लागेको सबैभन्दा ठूलो टेनिस बल क्रिकेट प्रतियोगितामा बेलडाँडीका महरा र बेदकोटका बिष्ट मात्र अटाए कञ्चनपुरबाट सुदूरपश्चिम टिममा

बेलडाँडी । यही कात्तिक १५ देखि २५ गतेसम्म काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा हुने नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) मा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने खप्तड सुदूरपश्चिम थन्डर टिममा कञ्चनपुरका दुई युवा मात्र छनोट भएका छन् । बेलडाँडीका खगेन्द्रसिंह महरा र बेदकोटका कृष्णसिंह बिष्ट।

देशभरका सात टिम सहभागी हुने यो प्रतिष्ठित लिगमा कञ्चनपुरका दुई मात्र खेलाडी अक्सनमार्फत चयन हुनु, सुदूरपश्चिम क्रिकेटका लागि गर्वको विषय बनेको छ।

बेलडाँडी गाउँका खगेन्द्रसिंह महरा बाल्यकालदेखि नै धुलो-माटोमा टेनिस बल क्रिकेट खेलेर हुर्किएका नाम हुन्। अब उनी राष्ट्रिय स्तरको मैदानमा खप्तड सुदूरपश्चिम थन्डरका तर्फबाट खेल्दै छन्। अन्डर–१९ वर्गका बलर खेलाडीका रूपमा टोलीमा परेका महरा सुदूरपश्चिमकै १२ स्थानीय प्रतिभामध्ये एक हुन्।

टिमका मालिक अरुण प्रसाद भण्डारी भन्छन्, “हामीले सुदूरपश्चिमका खेलाडीलाई प्राथमिकता दिएका छौं। खगेन्द्रजस्ता उदीयमान युवाले अब आफ्नो खेल मुलपानीजस्तो ठूलो स्टेडियममा देखाउन पाउने अवसर पाएका छन्।”

त्यस्तै बेदकोट नगरपालिकाका कृष्णसिंह बिष्ट पनि पछिल्ला वर्षहरूमा आफ्नो ब्याटिङ र अलराउन्ड क्षमताका कारण ए क्याटागोरीमा रहेर चर्चामा आएका खेलाडी हुन्। उनी सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै एनएसपिएलमा सुदूरपश्चिम टिमको जर्सीमा देखिने छन्।

खप्तड सुदूरपश्चिम थन्डरले अक्सनमार्फत खेलाडी खरिद गर्दा कुल ७ लाख ३५ हजार रुपैयाँ खर्च गरेको छ। टिममा मेहबुब आलम (मार्की प्लेयर) सहित अनुभव र युवाको सन्तुलित संयोजन छ। समिर लामा कोच, विक्रम बिष्ट म्यानेजर र भरत बिक्रम शाह ब्रान्ड एम्बेसडरका रूपमा रहेका छन्।

यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले ११ लाख रुपैयाँ प्राप्त गर्नेछन्। बेलडाँडी र बेदकोटका युवाहरू अहिले उत्साहित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित