बेलडाँडीको सानो वडा, ठूलो उपलब्धि : वडा नं. ४ ले जित्यो प्रथम अध्यक्ष कपको उपाधि

विकास महता/बेलडाँडी । बेलडाँडी गाउँपालिकामा पहिलो पटक आयोजना गरिएको गाउँपालिका स्तरीय अध्यक्ष कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि वडा नं. ४ ले हात पारेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा वडा नं. ४ ले वडा नं. ५ लाई ८ विकेटले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

टस जितेर ब्याटिङ रोजेको वडा नं. ५ ले आफ्ना सबै विकेट १४.४ ओभरमा अलआउट हुदै ५१ रनको योगफल तयार पारेको थियो । सो लक्ष्यको जवाफमा ब्याटिङमा उत्रिएको वडा नं. ४ ले सुरुवातदेखि नै सन्तुलित खेल प्रदर्शन गर्दै १२ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य सजिलै पूरा गरेको थियो ।

वडा नं. ४ ले प्रतियोगिता भर एक खेल पनि नहारी अपराजित रूपमा च्याम्पियन बन्ने गौरव हासिल गरेको छ ।

बेलडाँडी गाउँ खेलकुद विकास समितिको आयोजनामा गत असोज ३१ गतेदेखि प्रतियोगिता सुरु भएको थियो । समितिका अध्यक्ष डम्बर सुनारका अनुसार, गाउँपालिकामा पहिलो पटक लेदर बल प्रयोग गरी प्रतियोगिता आयोजना गरिएको हो ।

गाउँपालिकाका ६ वडाबीच लिग प्रणालीमा खेल सञ्चालन गरिएको उक्त प्रतियोगितामा खेलकुद विकास र स्थानीय खेलाडीको प्रोत्साहन मुख्य उद्देश्य रहेको समितिले जनाएको छ ।

विजेता वडा नं. ४ ले नगद रु. २० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वडा नं. ५ ले रु. १० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । साथै, प्रतियोगिताका उत्कृष्ट विधाका खेलाडीहरूलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

तिहारअघि सकिने गरी तय गरिएको खेल तालिका क्वार्टरफाइनल चरणमा विवाद भएपछि केही सरेको थियो । आयोजक समितिले आफ्ना निर्णयमा पुनर्विचार गर्दै खेलमैत्री वातावरणमा प्रतियोगिता सम्पन्न गरेको थियो ।

जनसंख्या र क्षेत्रफलका हिसाबले बेलडाँडी गाउँपालिकाको सबैभन्दा सानो वडा भए पनि वडा नं. ४ ले खेल मैदानमा ठूलो सफलता हासिल गरेको छ। अपराजित रहँदै उपाधि जितेको वडा नं. ४ को प्रदर्शनले सानो वडाका युवाहरूमा उत्साह र खेलप्रतिको लगाव थप बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित