अपराजित कप्तान खगेन्द्र महरा : बेलडाँडीका चम्किलो तारा 

 

बेलडाँडी । पहिलो पटक आयोजित गाउँपालिका स्तरीय अध्यक्ष कप टि-२० क्रिकेट प्रतियोगितामा वडा नं. ४ ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा वडा नं. ४ ले वडा नं. ५ लाई ८ विकेटले पराजित गर्दै अपराजित रूपमा च्याम्पियन बन्ने गौरव हासिल गरेको हो ।

यो जितमा वडा नं. ४ का कप्तान खगेन्द्र सिंह महराको भूमिका निर्णायक रह्यो । उत्कृष्ट बोलिङ, ब्याटिङ, धारिलो कप्तानी र जोशपूर्ण खेल प्रदर्शन गर्दै उनले टोलीलाई जितको डोरी ताने । यही अद्भुत प्रदर्शनको कदर गर्दै महरालाई “प्लेयर अफ द सिरिज” घोषणा गरियो ।

महराको नेतृत्वमा वडा नं. ४ ले प्रतियोगिता भर एक खेल पनि नहारी अपराजित यात्रा तय गर्न सफल रह्यो । खेल मैदानमा उनको अनुशासन, रणनीति र आत्मविश्वासले टोलीका प्रत्येक सदस्यमा ऊर्जा भरेको थियो । गाउँको नाम उज्यालो बनाउने उनको यो उपलब्धि अहिले बेलडाँडीका युवाहरूको प्रेरणा बनेको छ ।

उक्त प्रतियोगितामा अन्य खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए – राम रोकया (वडा नं. ४) बेस्ट बोलर, सरद बडवाल (वडा नं. १)  बेस्ट ब्याट्सम्यान, निखिल बस्नेत (वडा नं. ५) इमेर्जिङ प्लेयर, खगेन्द्र सिंह महरा (वडा नं. ४) प्लेयर अफ द सिरिज ।

खगेन्द्र महरा न केवल वडा नं. ४ का कप्तान बनेर टोलीलाई जिताए, उनले सम्पूर्ण गाउँपालिकालाई एकता र खेल भावना सिकाए । खेलपछि समर्थकहरूले उनलाई “बेलडाँडीका कप्तान कूल” भन्दै हात तालीले बधाई दिएका थिए ।

बेलडाँडी गाउँपालिकामा पहिलो पटक आयोजना गरिएको यो अध्यक्ष कप टि-२० प्रतियोगिता गाउँ खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको हो । अपराजित कप्तान महराको उत्कृष्ट नेतृत्वले गाउँकै खेल इतिहासमा नयाँ अध्याय लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित