विश्वकप लिग–२ : युएईमा आजदेखि नेपालको नयाँ यात्रा, पहिलो भिडन्त अमेरिकासँग

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृङ्खला आजदेखि युएईमा सुरू हुँदैछ । उद्घाटन खेलमा नेपालले आज विहान सवा ११ बजे अमेरिकासँग भिड्दैछ ।

कप्तान रोहित पौडेलको नेतृत्वमा उतरेको नेपाली टोलीमा केही नयाँ जोश देखिएको छ । विकेटकिपर तथा ब्याटर अनिलकुमार साह र बलर शाहब आलमले पुनरागमन गर्दै टोलीमा नयाँ उत्साह थपेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले दुबईमा हुने यो शृङ्खलाका लागि यी दुई खेलाडीलाई पुनः मौका दिएको हो ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुने प्रतियोगितामा नेपालले अमेरिका र युएईसँग समान दुई–दुई खेल खेल्नेछ । यसअघि ओमानमा सम्पन्न टी–२० विश्वकप एसिया छनोट जित्दै नेपालले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा आफ्नो स्थान पक्का गरिसकेको छ । त्यसैको उत्साहसहित टोली ओमानबाटै दुबई पुगेको हो ।

कार्यतालिका अनुसार नेपालले अक्टोबर ३० (बिहीवार) मा युएईसँग पहिलो खेल खेल्नेछ, त्यसपछि नोभेम्बर १ (शनिबार) मा अमेरिकासँग दोस्रो भिडन्त हुनेछ । अन्तिम खेल नोभेम्बर ५ (कात्तिक १९) मा युएईविरुद्ध खेल्दै टोली स्वदेश फर्कनेछ ।

हाल लिग–२ को अंकतालिकामा नेपाल १६ खेलबाट १२ अंकका साथ सातौँ स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको अमेरिकाले २० खेलबाट २८ अंक जोडेको छ भने यूएई ६ अंकका साथ आठौँ स्थानमा छ ।

दुबईको गर्मी र दबाबबीच नेपालका खेलाडीहरूका लागि यो शृङ्खला आत्मविश्वास परिक्षणको अवसर पनि हो ।
विश्वकपका ढोका खुलिसकेका बेला लिग–२ को यो अभियानलाई धेरैले “नेपाली क्रिकेटको नयाँ यात्रा” भनेर हेरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित