दुई जना बने मन्त्री, दुईको शपथ अन्तिम समयमा रोकियो

काठमाडौं । आइतबार शीतलनिवासमा आयोजित समारोहमा दुई नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता नियुक्त भई शपथ लिएका हुन् ।

तर, शपथको अन्तिम तयारी भइरहेका बेला मन्त्रीमा सिफारिस भएका दुई जनाको नाम सूचीबाट हटाइएको स्रोतले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सिफारिस गरिएका खगेन्द्र सुनार र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका लागि प्रस्तावित गणपतिलाल श्रेष्ठको शपथ अन्तिम समयमा आएर रोकिएको हो ।

स्रोतका अनुसार श्रममन्त्रीमा सिफारिस खगेन्द्र सुनारविरुद्ध विभिन्न मुद्दामा मुछिएको विवरण सार्वजनिक भएपछि उनको नाम रोकिन पुगेको हो । यता, गणपतिलाल श्रेष्ठको शपथ किन रोकियो भन्ने कारण भने खुलेको छैन ।

यससँगै, सिफारिस गरिएका चारमध्ये दुईजनाले मात्र आज शपथ लिँदै मन्त्रीको जिम्मेवारी सम्हालेका छन् भने दुईको राजनीतिक भविष्य अन्योलमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित