बैतडीमा छुट्टाछुट्टै भिरबाट लडेर दुईको मृत्यु

बैतडी । जिल्लाको छुट्टाछुट्टै स्थानमा भिरबाट लडेर दुईजनाको मृत्यु भएको छ।

डिलासैनी गाउँपालिका–७ की ५८ वर्षीया हरुली कार्की घरनजिकै खर काट्ने क्रममा भिरबाट लड्दा घटनास्थलमै मृत्यु भएकी प्रहरीले जनाएको छ।

यस्तै, शिवनाथ गाउँपालिका–५ का ६१ वर्षीय इन्द्रसिंह साउद मेला हेरेर घर फर्किने क्रममा भिरबाट लडेर ज्यान गुमाएका छन्।

दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित