भिमदत्तमा मापदण्डविपरीत सञ्चालनमा मसाज सेन्टर र डान्स बारमाथि विद्यार्थी संगठनहरूको संयुक्त दबाब

कञ्चनपुर । भिमदत्त नगरपालिका–५ र ६ स्थित क्षेत्रमा मापदण्ड विपरीत सञ्चालनमा रहेका मसाज सेन्टर र डान्स बारहरूका कारण सामाजिक र सांस्कृतिक वातावरण बिग्रँदै गएको भन्दै कञ्चनपुरका प्रमुख विद्यार्थी संगठनहरूले संयुक्त रूपमा ती व्यवसायहरू तुरुन्त बन्द गर्न माग गरेका छन् ।

शुक्रबार जारी संयुक्त प्रेस विज्ञप्तीमा विद्यार्थी संगठनहरूले भनेका छन् — “शैक्षिक संस्था, मठ–मन्दिर र हाम्रो संस्कृति नै प्रभावित हुने गरी सञ्चालनमा आएका यस्ता व्यवसायहरू स्थानीय सरकारको चेतावनी र सूचना बेवास्ता गर्दै अटेरीपूर्वक सञ्चालन भइरहेका छन्, जसले समाजमा विकृति र विसङ्गति बढाएको छ।”

ती संगठनहरूले सम्बन्धित निकायहरूलाई पटक–पटक खबरदारी गरिसके पनि अझैसम्म ठोस कदम नचालिएकोप्रति आक्रोश व्यक्त गरेका छन् । विज्ञप्तीमा भनिएको छ- “३५ दिने सूचना मार्फत स्थान सर्ने निर्देशन दिइए पनि व्यवसायीहरूले स्थानीय सरकारको निर्णयको खुलेआम अवज्ञा गरेका छन् ।”

विद्यार्थी संगठनहरूले यस्ता गतिविधि तत्काल रोक्न र व्यवसायलाई मापदण्डअनुसार नियमन गर्न आग्रह गर्दै चेतावनी दिएका छन् ।

संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्ने नेताहरूमा अनेरास्ववियूका सह–संयोजक दिपकराज अवस्थी, नेविसंघका जिल्ला सचिव पंकज भट्ट, अखिल (क्रान्तिकारी) का जिल्ला इन्चार्ज डम्बर कुवँर, जिल्ला संयोजक प्रज्ज्वल कुवँर, जिल्ला संयोजक प्रेम रावल र अखिल (समाजवादी) का संयोजक ललित मिश्रलगायतका युवा नेताहरू रहेका छन् ।

उनीहरूले स्थानीय सरकार, प्रशासन र सुरक्षानिकायसँग तत्काल कदम चाल्न र सामाजिक-सांस्कृतिक मूल्य र नैतिकता संरक्षणमा संवेदनशील हुन पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित