माओवादीसँग एकता गर्ने निर्णयपछि नेकपा (एकीकृत समाजवादी) विभाजनको तयारी, झलनाथ खनाल समूहले शनिबार छुट्टै भेला बोलायो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) औपचारिक रूपमा विभाजनको दिशामा अघि बढेको छ। पार्टीको केन्द्रीय समिति बैठकबाट नेकपा (माओवादी केन्द्र) लगायतका वाम घटकहरूसँग एकता गर्ने निर्णय भएपछि पार्टी दुई भागमा विभाजित हुने संकेत देखिएको हो।

पार्टीका सम्मानित नेता झलनाथ खनालसहितको एउटा समूहले संगठन पुनर्गठन र सांगठनिक सुदृढीकरण नगरी हतारमा माओवादीसँग एकता गर्नु पार्टीका लागि हानिकारक हुने भन्दै विरोध गर्दै आएको थियो। तर, बहुमतबाट माओवादीसँग एकता गर्ने निर्णय भएपछि खनाल समूह असन्तुष्ट बनेको छ।

यसैबीच, झलनाथ खनाल समूहले शनिबार काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा छुट्टै भेला आह्वान गरेको छ। भेलामा वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्यहरू रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, विजय पौडेललगायत सयभन्दा बढी केन्द्रीय सदस्यहरू उपस्थित हुने दाबी खनाल पक्षले गरेको छ।

यी नेताहरू सुरुदेखि नै माओवादीसँगको एकता प्रक्रियाको विरोधमा थिए। उनीहरूका अनुसार, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेपछि नेतृत्व परिवर्तनको माग तीव्र बनेको थियो।

खनाल पक्षको आरोप छ- “माधव नेपालले नैतिकताको आधारमा अध्यक्ष पदबाट राजीनामा दिने सट्टा आफूलाई जोगाउन माओवादीसँग एकता गर्ने हतारो गरेका छन्।”

जेनजी आन्दोलनपछि अन्य दलहरूले नेतृत्व पुनर्गठनको प्रक्रिया अघि बढाइरहेका बेला एकीकृत समाजवादीभित्र पनि त्यसकै दबाब बढेको थियो। तर, अध्यक्ष नेपालले सोको सामना गर्नुभन्दा पार्टी एकता प्रक्रियालाई प्राथमिकता दिएको खनाल समूहको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित