कञ्चनपुरको वाणीमा बस दुर्घटना, एक जनाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

कञ्चनपुर । जिल्ला कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीस्थित पूर्व–पश्चिम राजमार्गमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

आज कात्तिक १५ गते बिहान करिब १०:२० बजे काठमाडौँबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ७ ख ६१८२ नम्बरको यात्रुबाहक बस सडकको बायाँपट्टि पल्टिँदा दुर्घटना भएको हो। बस चालक कञ्चनपुर दैजीका करिब ४० वर्षीय रमेश बोहराले चलाएको उक्त बसमा पाँच जना सवार रहेका थिए।

दुर्घटनामा परेर कृष्णपुर नगरपालिका–१ बण्डका करिब ४०–४२ वर्षीय बलबहादुर बोहरा गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि वाणी अस्पताल लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

घटनापछि बस चालक रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित