कञ्चनपुर । नेपालमा बारम्बार सोधिने प्रश्न, “देशलाई साँच्चिकै सेवा गर्ने मान्छे को हुन् ?”
उत्तर सबैलाई थाहा नहुन सक्छ, तर जसले हेमराज थापालाई चिन्छ, उनीहरू भन्छन्, “जसले बिना पार्टी, बिना स्वार्थ समाजका लागि जीवन समर्पण गरेको छ।”
बाजुराको बिकट गाउँमा जन्मिएका हेमराज थापा अहिले काठमाडौंका सडकमा साँचो समाजसेवाको पर्याय बनेका छन्। उनले कुनै राजनीतिक दलको सदस्यता लिएका छैनन्, तर समाज र देशको भलोका लागि उनले गरेका काम कुनै मन्त्रीको योगदानभन्दा कम छैन।
बाल्यकाल संघर्षले भरिएको थियो। भारतमा उनका बा–आमाले चौकीदारी र मजदुरी गरेर उनलाई पढाएका थिए। त्यही रगत–पसिनाको मोलबाट जन्मेको आत्मबल आज देशभर फैलिएको छ।
थापा भन्छन्, “मसँग पैसाको ढिकुटी छैन, तर मसँग जनताको माया छ। मसँग सरकारी पद छैन, तर मसँग आम जनताको विश्वास छ।”
थापाले सधैं दबिएका, उत्पीडित र आवाज बिहीन वर्गका पक्षमा बोल्दै आएका छन्। उनी कहिल्यै व्यक्तिगत स्वार्थका लागि दौडिएनन्, कुनै पार्टीको झण्डा बोकेर अवसर खोजेनन्। उनको एउटा मात्र लक्ष्य छ, मानवता र समानताको बाटोमा देशलाई अघि बढाउने।
अहिले अन्तरिम सरकारको मन्त्री बन्ने होड चलिरहेको बेला जनताले भन्छन्, “यदि देशलाई साँच्चिकै सुधार्न चाहिन्छ भने हेमराज थापाजस्ता इमानदार, सादगी र समाजसेवी मानिसलाई नेतृत्वमा ल्याउनुपर्छ।”
नेपाल जस्तो देशमा हेमराज थापाजस्ता निष्कलंक र निस्वार्थ समाजसेवीहरूलाई नीति–निर्माणमा सहभागी गराउने समय आएको छ। सरकारले अब नारा होइन, निष्ठा र जनविश्वासलाई प्राथमिकता दिनुपर्छ।
थापा राजनीतिबाट होइन, जनताको माटोबाट जन्मिएको नाम हुन्। उनी रगत बगाएर पनि साँचो जनसेवामा उभिने व्यक्तित्व हुन्। सत्य बोल्ने साहस, निडरता र गरिबको मन बुझ्ने क्षमता नै उनीभित्रको असल नेताको परिचय हो।
हाल केही व्यक्तिहरूले उनको जीवन र पृष्ठभूमिबारे अनुसन्धान गरिरहेको प्रसंगमा थापाले खुलेर भनेका छन् ,
“तिमीहरू मेरो बारेमा अनुसन्धान गरिरहेका छौ, म कहाँ जन्मिएँ, कसरी बाँचें, पैसाको स्रोत के हो, किन यो हिम्मत गर्छु भनेर बुझिरहेका छौ। तर म गर्व गर्छु कि म देशकै सबैभन्दा गरिब जिल्ला र गाउँबाट उठेर काठमाडौं आएको छु र तिमिहरुको निद हराम पारिदिएको छु।”
उनले थपे, “म गर्व गर्छु मेरा बा–आमाप्रति, जसले १७ वर्ष भारतमा चौकीदारी र मजदुरी गरेर मलाई पढाए। म गर्व गर्छु करोडौं भुइँमान्छेहरूमा, जसले म जस्तै संघर्ष गरेर बाँचिरहेका छन्। मलाई खुशी लाग्छ, कम्तिमा तिमीहरू मेरो बारेमा अनुसन्धान गर्दैछौ, किनकि म तिम्रो दिमागमा, दिलमा र डरको रूपमा बसेको छु।”
थापाको अभिव्यक्ति नारा होइन, आत्मविश्वास हो। उनले स्पष्ट रूपमा भनेका छन्, “मसँग गुमाउन केही छैन, मसँग कन्चन र पवित्र रगत छ। मैले रगत बगाएको छु, हिरासत भोगेको छु, र मेरो वर्गका मान्छेका लागि फेरि पनि तयार छु। म बन्दुक बोकेको छापामार होइन, कलम बोकेको क्रान्तिकारी हुँ।”
थापाले आफ्नो विरोधीहरूलाई पनि सन्देश दिएका छन् , “क्याम्पस जीवनमा मसँग प्रतिस्पर्धा गर्न नसकेका केही विद्यार्थी नेता आज कुण्ठित भएर गाली गर्छन्। उनीहरूलाई म भन्छु, आफ्ना सर्टिफिकेट हेरेर लाज लागोस्, किनकि मैले सबै प्रमाण मिहिनेतले कमाएको छु।”
उनका शब्दहरूमा आत्मबल र निष्ठाको सुगन्ध छ, “मसँग पद छैन, तर मसँग जनताको हृदय छ। तिमीहरूको दिलमा नभए पनि डरले नै सही, म तिम्रो दिमागमा छु, यही नै मेरो सफलता हो।” उनी व्यङ्ग्य गर्दै भन्छन्, “थेसिस लेख्न काम लाग्ला I love you all ❤️”






















Discussion about this post