सुदूरपश्चिम थन्डरको विजयी सुरुवात, स्ट्रिटदेखि स्टेडियमसम्मको आत्मविश्वासी प्रदर्शन

काठमाडौं । नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) क्रिकेट प्रतियोगितामा खप्तड सुदूरपश्चिम थन्डरले आफ्नो पहिलो खेलमै शानदार विजयी सुरुवात गरेको छ। टि–१० फर्म्याटमा मंगलबार सम्पन्न खेलमा सुदूरपश्चिमले लुम्बिनी राइडर्सलाई ६ विकेटले पराजित गर्दै आत्मविश्वासिलो यात्रा सुरु गरेको हो।

लुम्बिनीले टस जितेर पहिला ब्याटिङ गर्दै १० ओभरमा ९ विकेटको क्षतिमा ६१ रन बनाएको थियो। लुम्बिनीका दीप नारायणले सर्वाधिक २५ रन जोड्दा अन्य ब्याटरहरू सुदूरपश्चिमका बलरहरूको उत्कृष्ट बलिङ सामु टिक्न सकेनन्।

६२ रनको साधारण लक्ष्य पछ्याउँदै सुदूरपश्चिमले ७.४ ओभरमै जित हासिल गर्‍यो। टोलीका कृष्ण बिष्टले २६ रन र केशवचन्द्र डिसीले १६ रन जोड्दै जितमा महत्वपूर्ण योगदान गरे। बलिङमा उत्कृष्ट प्रदर्शन गर्ने दीपकराज जोशी ‘म्यान अफ द म्याच’ घोषित भए।

देशका ७ प्रदेशका ७ टिम सहभागी यस प्रतियोगिता सिंगल राउन्ड रोबिन प्रणालीमा भइरहेको छ। शीर्ष ४ टिम सेमिफाइनलमा प्रवेश गर्नेछन्। विजेता टोलीले २१ लाख रुपैयाँ र उपविजेताले ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

सुदूरपश्चिम थन्डरको यो जितलाई खेलप्रेमीहरूले “स्ट्रिटदेखि स्टेडियमसम्मको आत्मविश्वास” भन्दै प्रशंसा गरेका छन्। सुदूरपश्चिमका युवा खेलाडीहरूले गरेको प्रदर्शनले प्रदेशभरका क्रिकेट प्रेमीहरूलाई उत्साहित बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित