एनपिल क्रिकेट प्रतियोगिता खेल्ने महतालाई गृह नगरको वडाद्वारा अभिनन्दन

कञ्चनपुर-नेपाल प्रिमियर लिग(एनपिल) प्रतियोगिता खेल्ने कञ्चनपुरका एक क्रिकेट खेलाडीलाई गृह नगरको वडाले अभिनन्दन गरेको छ । कृष्णपुर नगरपालिका २नम्बर वडा कानर्यालयले क्रिकेट खेलाडी आदित्य महतालाई अभिनन्दन गरेको हो ।

शुक्रबार एक कार्यक्रमका विच महतालाई दोसल्ला, हजारी फुलको माला सहित वडा कार्यालयमा प्रमाण पत्र प्रमाण पत्र प्रदान गरेर अग्रिम स्वागत एव विदाई गरेको छ । एनपिल प्रतियोगितामा जनकपुर बोल्टबाट महता अनुबन्धित भएका थिए । कृष्णपुर नगरपालिका २ वाणी निवासी महताले छोटो समयमै क्रिकेटमा उच्च स्थान हासिल गरेका छन ।

कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह साउदले क्रिकेट खेलाडीको उत्साहका लागि वडाका तर्फबाट अभिनन्दन गरेको बताए । ‘हामीले खेल, खेलाडीलाई प्रोत्साहन गर्नुपर्छ, ‘उनले भने, ‘क्रिकेट सहित सबै विद्याका खेलाडी प्रोत्साहन गर्ने हाम्रो दायित्व हो ।’

वडाध्यक्ष साउद सहितका जनप्रतिनिधी, कर्मचारीले महतालाई अग्रीम शुभकामना दिएका छन । यसरी वडा कार्यालयबाट खेलाडी प्रोत्साहनका लागि गरेको कार्यक्रमबाट आफु प्रभावित भएकाले र यसबाट खेलकुद प्रतियोगितामा समेत थप उत्साह जगाएको महताको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित