न्याय खोज्दै जीवन बिताएका आरक्षपीडित भण्डारी अब रहनुभएनन्, कञ्चनपुर शोकाकुल

 

कञ्चनपुर । आरक्षपीडित संघर्ष समिति कञ्चनपुरका अध्यक्ष हिरासिंह भण्डारीको निधन भएको छ। ६६ वर्षका भण्डारीको मंगलबार बिहान महाकाली अस्पतालमा उपचारका क्रममा निधन भएको परिवार स्रोतले जनाएको छ।

भण्डारीका भाई बलबीरसिंह भण्डारीका अनुसार, अध्यक्ष भण्डारी केही समयदेखि मृगौला रोगसहित विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए। उपचारकै क्रममा उनको निधन भएको हो।

मंगलबारै उनको महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको परिवारले जनाएको छ। अन्त्येष्टि कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुरका नेता कैलास सुनार र आनन्दसिंह धामीलगायतका नेताहरूले उपस्थित भई भण्डारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।

भण्डारी लामो समयदेखि आरक्षपीडित र भूमिपीडितहरूको अधिकारका लागि संघर्षरत अभियन्ताका रूपमा चिनिँदै आएका थिए। उनले आफ्नो जीवनभर विस्थापित समुदायको पुनःस्थापनाका लागि आवाज उठाउँदै आएका थिए।

उनको निधनसँगै आरक्षपीडित समुदाय र उनका समर्थकहरू शोकमा डुबेका छन्। स्थानीय बासिन्दाहरूले भनेका छन्,

“आरक्षपीडितको न्यायका लागि दिनरात संघर्ष गर्ने व्यक्ति अब हामीबीच रहनुभएन। हाम्रो आवाजको एक स्तम्भ ढलेको छ।”

ढक्का शिविरमा वर्षौंदेखि विस्थापित जीवन बिताइरहेका आरक्षपीडितहरू अझै स्थायी बसोबास र जग्गाको हक पाउन नसकेका अवस्थामा अध्यक्ष भण्डारीको निधनले उनीहरूलाई थप पीडा पुगेको छ।

भण्डारीको जीवन र योगदानलाई सम्झँदै विभिन्न सामाजिक, राजनीतिक र नागरिक संघसंस्थाले श्रद्धाञ्जली प्रकट गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित