रास्वपाबाट सन्तोष परियारको राजीनामा: ‘फरक राजनीतिक अभियान’मा सक्रिय हुने घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य सन्तोष परियारले पार्टीको साधारण सदस्यता समेत त्यागेर राजीनामा घोषणा गरेका छन्। नयाँ प्रकारको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने आवश्यकताले उनलाई यस्तो निर्णयमा पुर्‍याएको उनले बताएका छन्।

परियारले कार्तिक २८, २०८२ मा दर्ता भएको राजीनामा पत्रमा लेखेका छन्, “बदलिँदो परिस्थितिलाई आत्मसात् गर्दै नेपाली राजनीतिक आन्दोलनलाई राष्ट्रहित र जनजीवनसँग जोड्न अब म फरक खालको राजनीतिक अभियानमा अघि बढ्नुपर्छ,” भन्दै रास्वपाको कुनै पनि जिम्मेवारी तथा साधारण सदस्यता नसम्हाल्ने स्पष्ट उल्लेख गरेका छन्।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी विद्रोह’ लाई परम्परागत राजनीतिक संरचनाको जडताल तोडिदिने ऐतिहासिक मोडका रूपमा प्रस्तुत गर्दै उनले यो आन्दोलनले नेपाली राजनीति पुरानै ढाँचामा अगाडि बढ्न नसक्ने प्रमाणित गरेको टिप्पणी गरेका छन्। परियारका अनुसार, जेनजी विद्रोह समकालीन नेपाली समाजको चेतना निर्माणमा महत्वपूर्ण बनेको छ।

पार्टीभित्र रहँदै निरन्तर विचार र सिद्धान्तको बहस गरे पनि त्यसलाई संस्थागत रूपमा स्थापित गर्न नसकिएको स्वीकारोक्ति पनि उनले पत्रमार्फत व्यक्त गरेका छन्। यसलाई उनले आफ्नै कमजोरीका रूपमा लिएका छन्।

परियारको राजीनामासँगै रास्वपाभित्र नयाँ राजनीतिक विभाजन र बहसको वातावरण थप चर्किने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित