वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार नै छैन अध्यक्ष ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको दाबी गर्दै उक्त सरकारलाई निर्वाचन गराउने अधिकार नै नरहेको बताएका छन् । आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँग भेटघाट क्रममा उनले देशमा ठूलो मात्रामा हतियार लुटपाट र कैदीबन्दी फरार रहेको अवस्थाले पनि चुनाव सम्भव नसक्ने बताए ।

उनका अनुसार देशको सबैभन्दा ठूलो र मजबुत पार्टी एमाले कुनै पनि हालतमा चुनावबाट नभाग्ने पक्षमा रहेको छ । तर असंवैधानिक र अनुभवहीन सरकारले चुनाव गराउने हक नरहेको उल्लेख गर्दै उनले सबै दल र नागरिक समाजले विघटित प्रतिनिधिसभाको तत्काल पुनःस्थापनाको माग गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित