भाष्कर केसी/कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरका महिलाहरुले समुदायमा लागु औगाध विकृतिदेखिका थुप्रै समस्या विद्यमान हुँदा समेत समस्या समाधानका लागि कुनैपनि निकायबाट समाधानका लागि प्रभावकारी पहल नभएको गुनासो पोखेका छन ।
मंगलबार महेन्द्रनगरमा निड्स नेपालले आयोजना गरेको ‘समुदायका समस्या समाधानका लागि सरोकारवाला संग छलफल कार्यक्रममा भीमदत्त नगरका महिलाहरुले समुदायमा लागु औषध दुर्व्यशनीदेखि थुप्रै समस्या रहेको औल्याएका हुन । भीमदत्त नगरपालिका २उल्टाखाकी महिला सरस्वती धानुकले वडामा भौतिक पूर्वाधार विकास नभएको दुखेसो पोेखिन् ।
उनले पहुँच हुनेहरुले कालोपत्रे, सडक, ग्राभिल गर्ने नहुनेहरुले कच्ची सडक प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताईन । बर्षातका बेला स्थानीय खोला नालाहरुको पानीले डुवान हुँदा समेत कसैले चासो समेत नराख्ने दुखेसो पोखिन । भीमदत्त नगरपालिका १५गोबरैयाकी स्थानीय गोदाबरी सेटीले वडामा विपद सहित बन्यजन्तुबाट पीडित भएको दुखेसो पोखिन ।
उनले वडामा रहेका समस्या समाधानका लागि कुनैपनि निकायबाट पहल नभएको बताईन । भीमदत्त नगरपालिका १६बसन्तपुरकी निर्मला विकले गाँउमा लागु औषधको बिगबिगीले महिला असुरक्षित भएको दुखेसो पोखिन । उनले गाँउमा जड्ह्याहरुले आतङ्क मच्चाउँदा समेत नियन्त्रणका लागि पहल नभएको बताईन । भीमदत्त नगरपालिका १८महेन्द्रनगरकी पार्वती खरेलले गाँउमा लागु औषधको बिगबिगीदेखि महिला हिन्सा,जस्ता समस्या विद्यमान रहेको बताउँदै समाधानका लागि पहल नभएको बताईन । भीमदत्त नगरपालिका १९बागफाँटाकी रन्जना डगौराले तटबन्धको समस्या कायमदेखि जंगली जनावरको समस्या रहेको बताईन ।
कार्यक्रममा भीमदत्त नगरका जनप्रतिनिधीहरु क्रम २का वडाध्यक्ष उत्तम भट्ट, १८का वडाध्यक्ष रविन्द्र देवकोटा, १९का वडाध्यक्ष जागुराम चौधरी, उपमेयर निलम लेखकले समुदायमा देखिएका विकृतीदेखि समाजिक समस्या, विकास निर्मणका योजना अघि बढाउँदै जाने प्रतिबद्धता जाहेर गरेका छन ।, उपमेयर निलम लेखकले नगरपालिका भित्रको विपद व्यवस्थापन, महिला हिन्सा न्यूनिरकणदेखि विकास निर्माणका कामकाज गर्ने गराउने आश्वासन दिएकी छिन । उपमेयर लेखकले महिलाको आत्मनिर्भर बनाउनेदेखिका कामकाजमा पहल गर्ने र सोही अनुरुप महिला उत्थानका लागि कार्यक्रम ल्याउने बताईन ।
कञ्चनपुरका प्रहरी प्रमुख सडक बहादुर खत्रीले लागु औषधदेखि दुर्व्यसनी नियन्त्रणका प्रयास भईरहेको र थप प्रहरी परिचालन गरेर लागु औषध नियन्त्रण गरिने प्रतिबद्धता जाहेर गरेका छन । निड्स नेपाल ईम्पावरिङ्गहर(महिला शसक्तिकरण परियोजना) संयोजक नविन भट्टले जलवायु प्रभावित महिला, लैङ्गिक हिन्सामा परेका महिलाहरुकोे नेतृत्व विकास गर्दै उनीहरुका साझा समस्या सरोकारवालासम्म पुर्याएर नीतिगत रुपमै समस्या समधान गर्ने कार्यक्रम राखिएको बताए ।
हिन्सापीडितदेखि विपदबाट प्रभावित भएका महिलाहरुको क्षमता अभिबृद्धि गर्दै उनीहरुलाई आर्थिक, समाजिक रुपमा सक्षम बनाउने उदेश्य रहेको बताए । भीमदत्त नगरका १९वटै वडाहरुका २० महिलालाई सात दिने व्यवसायिक क्षमता अभिबृद्धि तालिम दिएको बताए । उनका अनुसार नगरका सबै वडाहरुमा रहेका महिला शसक्तिकरण समुह मार्फत केही व्यवसाय शुरु गरेर केही गर्ने योजना बनाएका महिलाहरुलाई व्यवसायिक क्षमता विस्तार तालिम दिएको बताए ।
कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेका निड्स नेपालका उपाध्यक्ष तारा थापा धामीले महिला शसक्तिकरणका क्षेत्रमा संस्थाले निरन्तर कार्यक्रम गर्दै जाने बताईन । कार्यक्रममा जनप्रतिनिधी, प्रहरी, सरकारी कार्यालयका प्रतिनिधी, महिला सहित अगुवाहरुको सहभागिता रहेको थियो ।






















Discussion about this post