बेलौरीमा सम्पन्न ५औँ कञ्चनपुर सम्मेलन : विपद् व्यवस्थापन र दीगो विकासका लागि एकमत

कञ्चनपुर । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा शुक्रबार ५औँ कञ्चनपुर जिल्ला सम्मेलन सम्पन्न भएको छ । बेलौरी नगरपालिकाको आयोजनामा ‘सुरक्षित र दीगो विकासका लागि उत्थानशील पालिका’ अभियानसहित जिल्लाका स्थानीय तह, सरोकारवाला तथा गैसस संघ-संस्थाको सहकार्यमा सम्मेलन सम्पन्न भएको हो।

यसअघि पहिलो सम्मेलन भीमदत्त, दोस्रो पुनर्वास, तेस्रो दोधारा–चाँदनी र चौथो लालझाडी गाउँपालिकामा हुँदै आएकोमा यसपटक दक्षिणी क्षेत्र बेलौरीमा सम्मेलन गर्न सफल भएका मेयर पोतिलाल चौधरीले बताए। उनका अनुसार जिल्लाका सबै पालिका तथा विपद् व्यवस्थापन क्षेत्रमा सक्रिय संघ-संस्थाको उपस्थिति रहेको सम्मेलनमा विगतका चार सम्मेलनका अनुभव, सिकाइ र आगामी योजनाबारे व्यापक छलफल गरिएको थियो।

मेयर चौधरीले विपद् व्यवस्थापन तथा पूर्वतयारीमा बेलौरी नगरपालिकाले निरन्तर काम गर्दै आएको र आगामी दिनमा थप प्रभावकारी कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाए।

सम्मेलनमा सहभागी सरोकारवालाहरूले जिल्लाको दीगो विकासका आधारमा विपद् जोखिम न्यूनिकरण, पूर्वसूचना प्रणाली सुदृढीकरण तथा समुदायस्तरमै प्रभावकारी कार्यान्वयनको आवश्यकता औंल्याए।

एनएनएसडब्लूएका कार्यकारी निर्देशक अशोक कुमार जैरुले स्थानीय सरकारसँगको सहकार्य र समन्वयकै कारण विपद् व्यवस्थापनदेखि मानवीय तथा भौतिक धनजन संरक्षणमा सफल परिणाम देखिएको बताए। बेलौरी नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख अशोक पाण्डेयले जिल्लाका नौ वटै पालिकाले नीति, नियम, चुनौती र समाधानका उपायमा एकसाथ काम गरिरहेको जानकारी दिए।

आगामी ६औँ कञ्चनपुर सम्मेलन बेदकोट नगरपालिकाले आयोजनाको जिम्मेवारी पाउने भएको छ। मेयर भोजराज बोहराले सामूहिक प्रयासमार्फत विपद् जोखिम न्यूनिकरण र धनजन सुरक्षा सम्भव हुने बताए।

जल तथा मौसम विज्ञान विभाग अत्तरियाका प्रमुख सञ्जय शाहले महाकाली नदीको उद्गम लिम्पियाधुरादेखि अन्य महत्वपूर्ण नदीमा पूर्वसूचना प्रणाली विस्तार गर्दै क्षति न्यूनीकरणमा टेवा पु¥याइने बताए।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले स्थानीय तह विपद् व्यवस्थापनमा सक्षम भएकाले अझ सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिए। जिल्ला समन्वय समिति (जिसस) कञ्चनपुरका अध्यक्ष दुर्गादत्त बोहराले पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता उल्लेख गरे।

गृहमन्त्रालयका उपसचिव रविन्द्र आचार्यले समुदायस्तरमै पूर्वसूचना प्रणाली अभ्यासमा ल्याउन सके सम्भावित जोखिमलाई ठूलो मात्रामा घटाउन सकिने बताए। कार्यक्रमका प्रमुख अतिथि, सुदूरपश्चिम प्रदेश सभाका सदस्य दिवानसिंह विष्टले तीन तहकै सरकारबीच समन्वय भएर अघि बढे मात्रै जिल्लामा बाढी, कटानीजस्ता प्राकृतिक विपद् तथा पछिल्ला दिनमा बढ़िरहेका बन्यजन्तु आतङ्क न्यूनिकरण सम्भव हुने बताए।

कार्यक्रममा जनप्रतिनिधि, सरोकारवाला तथा संघ–संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित