काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अब मुलुकको नेतृत्व र जिम्मेवारी युवा पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका छन्। शनिवार पेरिसडाँडामा आयोजित जेनजी कार्यकर्तासँगको संवाद कार्यक्रममा प्रचण्डले अघिल्लो पुस्ताले वैचारिक तथा सांस्कृतिक मार्गदर्शन गर्ने तर देश बदल्ने वास्तविक नेतृत्व युवाकै हातमा जाने स्पष्ट संदेश दिए।
प्रचण्डले भदौ २३ र २४ मा जेनजी युवाले सुरु गरेको आन्दोलनले देशभर नयाँ चेतना जगाएको उल्लेख गर्दै आफूहरूकै माग र युवाहरूको मागबीच समानता रहेको बताए। विगतमा गर्न नसकिएको आत्मसमीक्षा गर्दै उनले अब युवाको ‘स्पिरिट’ अनुसार नयाँ नेपाल निर्माण गर्न एक हुनुपर्नेमा जोड दिए।
१६ वर्षमै राजनीतिमा प्रवेश गरेको, युवाका भूमिकामा नै युद्धदेखि आन्दोलनसम्म नेतृत्व गरेको अनुभव सुनाउँदै प्रचण्डले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, समावेशिता र परिवर्तनमा युवाको भूमिकालाई निर्णायक बताए। अहिलेका युवाले भ्रष्टाचारविरुद्ध, सुशासन र वैदेशिक हस्तक्षेपको अन्त्यका लागि उठाएको मागलाई सही ठहर गर्दै उनले युवाको सक्रियताले नै देशलाई नयाँ दिशामा लैजाने विश्वास व्यक्त गरे।













Discussion about this post