प्रसाईँ र सरकारबीच छिट्टै वार्ता, २७ बुँदे मागसम्बन्धी छलफल निरन्तर जारी

काठमाडौँ : राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ र सरकारबीच छिट्टै वार्ता हुने भएको छ।
गत मङ्गलबार पक्राउ परेका प्रसाईँलाई आइतबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि दुवै पक्षबीच वार्ताको वातावरण बनेको हो। तर वार्ताको मिति भने अझै तोकिएको छैन।
यसअघि शनिबार सरकार र प्रसाईँ पक्षबीच आज मङ्सिर ७ का लागि घोषणा गरिएको आन्दोलन फिर्ता गर्ने सहमति भएको थियो। प्रसाईँले अघि सारेका २७ बुँदे मागबारे औपचारिक रूपमा वार्ता गर्ने सहमति पनि प्राप्त भएको छ।
सहमतिपत्रमा, “अर्को चरणको वार्ता महाअभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने” उल्लेख गरिएको छ। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार वार्ता छिट्टै हुने तयारी भए पनि मिति तोकिएको छैन।
सरकार र महाअभियानबीच २७ बुँदे माग सम्बोधनका सवालमा निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने समझदारी भएको सचिवालयको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित